२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक सञ्जालमा अपशब्द र अशिष्ट भाषा प्रयोग गर्न पाइँदैन’-जिप्रका झापा

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, झापाले मिति २०८२ असार ३० र ३१ गते स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा दिपक तिम्सिना नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू तथ्यहीन भएको स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार, सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक तिम्सिनाले अपशब्द र अशिष्ट भाषा प्रयोग गरी तथ्यहीन आरोपहरू लगाएको पाइएको छ। यस विषयमा बुझ्नका लागि जिल्ला प्रशासन कार्यालयले उनलाई झापामा बोलाउँदा उनले आफू अरूको बहकाउमा लागेर आवेश र उत्तेजनामा आई अशिष्ट तथा अमर्यादित भाषा प्रयोग गर्न पुगेको स्वीकार गर्दै क्षमा याचना गरेको उल्लेख छ। उनले त्यसदिन कामले कुनै कुरा नबुझेपछि फर्कँदा बाहिर कसैले भनेको कुराले यस्तो भएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले आफ्ना सेवाहरूलाई गुनासो रहित र सेवाग्राहीमैत्री बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ। यस सन्दर्भमा हालैका दिनदेखि क्युआर कोड मार्फत गुनासो/प्रतिक्रिया संकलन तथा नागरिक बडापत्रको व्यवस्था लगायतका प्रबन्ध गरिएका छन्।

कार्यालयले बिचौलियाका गतिविधि नियन्त्रणका लागि गृहमन्त्रीको निर्देशनअनुसार कारबाही गर्दै आएको र यसैक्रममा केही समय अगाडि विभिन्न कार्यालयहरूबाट बिचौलियाहरू नियन्त्रणमा लिई मुद्दा समेत चलाइएको जानकारी दिएको छ।

यस कार्यालय तथा जिल्लाभित्रका अन्य कार्यालयहरूमा समेत नागरिकहरूलाई दुःख दिने, सेवाग्राहीमाथि अनावश्यक आरोप–प्रत्यारोप गर्ने, बलजफती गर्ने, बढी सेवा शुल्क लिने, हुलाक टिकटमा अधिक मूल्य लिने वा अन्य काममा रसिद नदिई पैसा लिने, कार्यालयका सेवाहरूमा ढिलासुस्ती हुने, काम गराइदिन्छु/मिलाइदिन्छु भनी झुकाउने गरेको पाइएमा तत्कालै कारबाही गरिने चेतावनी दिइएको छ।

कार्यालयले यस विषयमा जो कसैले जुनसुकै माध्यमबाट पनि सूचना दिनुहुन सबैलाई अनुरोध गरेको छ। साथै, गुनासो गर्दा सार्वजनिक शिष्टाचार र मर्यादालाई ध्यान राख्न पनि अनुरोध गरिएको छ।