२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी

अ+ अ-

सिरहा । जिल्ला कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी राखिदा व्यवस्थापनमा चुनौती थपिएको छ । एक सय ५० जना क्षमताको कारागारमा हाल चार सय ५८ जना कैदी बन्दी रहेका छन् । अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन् ।

कैदी बन्दीको चापसँगै अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि आज यहाँ सुरक्षा निकाय सम्मिलित टोलीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कैदी बन्दीको कोठामा पुगेर अनुगमन गरेको कारागार प्रमुख सुबोध महतोले जानकारी दिए ।

उनले भने, “कारागारमा आज अनुगमन गरिएको छ । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा कठिनाइ छ । अनुगमनका क्रममा कैदीबाट पङ्खा, कुलरलगायतका सुविधाको माग गरिएको छ ।”

महतोका अनुसार ५४ वर्ष पुरानो यो कारागारको भवन र पर्खालसमेत जीर्ण छ । यी समस्या समाधानका लागि पटक–पटक माग गर्ने गरिएको छ । 

यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो । डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।