२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएईस्थित नेपाली दूतावासमा लापरबाही र चलखेल: राजदूत क्षेत्रीमाथि ‘एजेन्ट’ बनेको गम्भीर आरोप

अ+ अ-

काठमाडौँ। युएईस्थित नेपाली दूतावासमा श्रम स्वीकृति (एप्रुभल) प्रक्रिया ढिलाइ, अपारदर्शिता र विशेष म्यानपावर कम्पनीहरूलाई प्राथमिकता दिने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले राजदूत तेजबहादुर क्षेत्रीमाथि गम्भीर आरोप लगाएको छ।

मञ्चले शुक्रबार सार्वजनिक गरेको पत्र अनुसार, राजदूतावासको श्रम शाखामा देखिएको लापरबाही, ढिलासुस्ती, भेदभावपूर्ण व्यवहार र निश्चित गिरोहले एप्रुभल प्रक्रिया कब्जा गर्न थालेको उल्लेख गरिएको छ। एउटै कागजात, एउटै फाराम, एउटै प्रणाली भएर पनि एप्रुभल दिन कतै २ दिन, कतै १५ दिन र कतै ३० दिन लाग्नु अनुचित भएको भन्दै मञ्चले आपत्ति जनाएको छ।

पत्रमा भनिएको छ, “के निश्चित गिरोहले प्रक्रिया कब्जा गरेर ‘ढोका त तपाईँको, तर साँचो हाम्रो’भन्ने अवस्था हो ?’

मञ्चले विदेशी रोजगारसँग सम्बन्धित कागजातसम्बन्धी प्रक्रियालाई कानुनी रूपले सहजीकरण गर्नुपर्नेमा त्यसको सट्टा मनपरी ढङ्गले ढिलासुस्ती गर्न थालिएको भन्दै तीव्र विरोध जनाएको छ। युएईस्थित नेपाली राजदूतावासले श्रम स्वीकृतिमा हुने भेदभाव, अपारदर्शिता, अनावश्यक ढिलाइजस्ता कार्यहरूले सामान्य प्रशासनिक कमजोरी नभई सुनियोजित शोषणको रूपमा देखिएको भन्दै मञ्चले चेतावनी दिएको छ।

मञ्चका महासचिव मिलन कट्टेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा विदेशस्थित नेपाली राजदूतावासमा पारदर्शी, समान र प्रभावकारी प्रशासनिक प्रक्रिया लागू गर्न सरकारसँग माग गरिएको छ।

सूत्रका अनुसार, राजदूत क्षेत्रीमाथि विशेष ‘एजेन्ट’को पक्षपाती भूमिका खेलेको गम्भीर आरोप लगाइएको छ ।