२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको दाबी-‘माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउँदै छु, पुनर्गठनको विकल्प छैन’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आम पार्टीपंक्तिको भावनालाई बुझेर पार्टी सुधारको प्रयासमा रहेको बताएका छन्।

मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जनताको आवश्यकतामा पार्टीको भूमिका स्थापित गर्नको लागि पार्टीभित्र बहस भइरहेको बताए।

उनले भने, ‘पार्टीलाई सुदृढ गरेर जनताको सेवामा फर्काउनुपर्छ, त्यसको लागि मैले प्रस्ट भनेको छु, नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउने र हामी पुरानो भनिएका पुस्ताहरूले अभिभावकीय भूमिका खेल्ने गर्दा माओवादीलाई जनता र श्रमजीवीको पार्टी बनाउन सकिन्छ।’

उनले आज विचार विहीनता र शून्यतातर्फ गइरहेको आन्दोलनलाई विधि र पद्धतिले अगाडि बढाउनुपर्ने बताए।

उनले थपे, ‘आज हाम्रो पार्टीमा भएको संगठनात्मक अराजकतालाई विधि र पद्धति लागू गर्ने, पार्टीलाई लोकतान्त्रीकरण गरेर व्यक्तिगत होइन, संस्थागत प्रणालीगत, विधि र संरचनागत निर्माण गर्ने, माओवादीले ठुलो इतिहास बोकेको छ। त्यो इतिहासलाई जोडेर भावी उद्देश्य पूरा गर्नको लागि यो पार्टीको पुनर्गठन र पुनर्संरचना गर्नेमा मेरो भूमिका हुन्छ।’