२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ नहुँदा रोपाइँ भएन

अ+ अ-

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिका–६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन । सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो ।

सिँचाइ सुविधा नहुँदा दुवै गाउँमा ८० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले बताए । “कुनी र गणेशकोट गाउँमा ८० प्रतिशत जमिन रोपाइँ हुन सकेको छैन”, उनले भने, “यहाँका किसान दाजुभाइको मानो छरी मुरी उमार्ने सपना सपनामै सीमित रहेको छ ।”  

साउनको टन्टलापुर घामले गर्दा धानको बीउ पनि सुक्न थालेको  पूर्वउपाध्यक्ष शाहीले जानकारी दिए । “यो समय भनेको रोपाइँ गर्ने बेलाको समय नभई रोपाइँ गरिएका खेत गोडमेल गर्ने समय हो”, उनले भने, ‘तर के गर्ने आकासे पानीको भरमा जिउने किसान अहिलेसम्म खेतमा रोपाइँ सुरु नहुँदा आफ्नो र परिवारको पेट कसरी पाल्ने भनेर चिन्तित छन् ।”

गाउँमा सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि गाउँपालिकाले ठेक्का लगाएको र त्यसको काम समयमै नहुँदा समस्या भएको स्थानीय अर्जुन शाहीले बताए। “सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि ठेक्का लगाइएको छ”, उनले भने, “त्यसको काम नहुँदा रोपाइँ हुन समस्या भएको छ । सिँचाइका लागि आधा काम मात्रै भएको र सिँचाइ कुलो कहिले बन्छ थाहा नभएको पूर्वउपाध्यक्ष शाहीले बताए ।