२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

अ+ अ-

रौतहट । रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।

बुधबार बिहान माधव नारायण-४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। सिँचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागि घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

त्यसैगरी कटहरीया-२ जमुनिया टोलका लालमहमद देवानको ५२ वर्षीय छोरा मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उनले जानकारी दिए । करेन्ट लागि घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

यसअघि गत असार ३१ गते मौलापुर-८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा गोलु भन्ने नरेन्द्र पटेलको  पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । यस वर्ष तराईमा खडेरी परेको कारण रोपाईँ गर्न नसके पछि किसानहरूले मोटरबाट पानी तानेर रोपाईँ गर्नुपर्ने बाध्यता भएको हो ।