काठमाडौँ । रंगेली नगरपालिकाले करार सेवाका लागि शिक्षक माग गरेको छ।
नगरपालिकाले एक सूचना जारी गरी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि नेपाली, अंग्रेजी र विज्ञान विषय अध्यापन गराउने शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
सामुदायिक विद्यालयहरूमा विभिन्न तहका शिक्षक दरबन्दी, शिक्षण सहयोगीको तथा बाल विकास सहजकर्ता पद रिक्त रहेकोले अर्को व्यवस्था नभएसम्मका लागि करार सेवामा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।








