काठमाडौँ । बागमती प्रदेशका तिन मन्त्रीहरूले राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) लाई तिनै जना मन्त्रीले ह्वाट्सएप मार्फत राजीनामा पत्र पठाएको उनका प्रमुख स्वकीय सचिव छत्र लामाले प्रशासनलाई बताए ।
उनका अनुसार युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
यस्तै लामाले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि राजीनामा दिएको भनिएता पनि हालसम्म उक्त पत्र मुख्यमन्त्री समक्ष नआएको बताए ।







