२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अजय बेंगाल स्टोर्सका प्रोप्राइटर र कारोबारीविरुद्ध चार करोड ८३ लाखको राजस्व छली मुद्दा दायर

अ+ अ-

बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलस्थित अजय बेंगाल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीविरुद्ध चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको राजस्व छलीको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलका कार्यालय प्रमुख विवेक घिमिरेका अनुसार विभागको निर्देशनमा गरिएको अनुसन्धान तथा तहकिकातबाट अजय बेंगाल स्टोर्समार्फत व्यापक राजस्व छली भएको पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको हो। उनका अनुसार उक्त स्टोर्स (स्थायी लेखा नम्बर ३०३२८२४१९) मार्फत वास्तविक कारोबारको बिल नकटाई मालवस्तु विक्री गरिएको, स्रोत नखुलेका तथा भन्सार प्रक्रिया नपुर्‍याई चोरी पैठारी गरिएका सामग्रीहरूको कारोबार गरिएको पाइएको छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अजय अग्रहरी र पशुपति अग्रहरीले मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा आयकर छली गरेर ऐनको दफा ४ को उपदफा (क), (ख), (च), (छ) र (झ) अनुसार कसुर गरेको प्रमाणित भएको छ। उनीहरूले आपसी मिलेमतोमा गरेको कार्यलाई गम्भीर आर्थिक अपराधका रूपमा लिइएको छ।

कार्यालयले भन्सार चोरी पैठारी तर्फ: रु. ९५,८३,७५५, मूल्य अभिवृद्धि कर तर्फ: रु. ९९,८९,९८४ र आयकर तर्फ: रु. २,८७,५२,१४७ गरी जम्मा बिगो रकम: रु. ४,८३,२५,८८६ कायम गरेको छ ।

राजस्व अनुसन्धान विभागले ऐनको दफा २३(१) अनुसार बिगो असुल तथा जफत गरी सोही रकम बराबरको जरिवाना र दफा २३(१)(ख) अनुसार हदैसम्मको कैद सजाय माग गर्दै अभियोग पत्र पेश गरेको हो। सो सम्बन्धमा उच्च सरकारी वकिल कार्यालय, बुटवलको राय प्राप्त गरी ऐनको दफा २०(६) अनुसार आज मिति २०८२ साउन ९ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जनाएका छन् ।