२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्तावमा १९ वाम पार्टीले जनाए ऐक्यबद्धता

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दी तथा ४७ औँ स्मृति दिवसमा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, संगठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी डेढ दर्जनभन्दा बढी वामपन्थी पार्टीका नेता–कार्यकर्ता र बुद्धिजीवीहरूले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज र विचारशून्यताका कारण रणभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन्।

नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखेका छन् । सबै कम्युनिस्ट पार्टीका सच्चा र इमानदार नेता–कार्यकर्ता यो प्रस्तावबाट पछि हट्न नमिल्ने उनको भनाइ थियो।

वयोवृद्ध वामपन्थी नेता मोहनचन्द्र अधिकारीले कम्युनिस्ट भनेर सत्तामा गएकाहरूले गैरकम्युनिस्ट चरित्र प्रदर्शन गरेकाले देशमा समाजवाद आउन नसकेको धारणा राखे। उनले मार्क्सवादी विश्वविद्यालयले इमानदार कम्युनिस्ट निर्माण गर्न सहयोग पुर्‍याउने बताए।

वामपन्थी बुद्धिजीवी हिरण्यलाल श्रेष्ठले पुष्पलालको जन्मथलो रामेछापमा विश्वविद्यालय स्थापना गर्नुपर्ने र काठमाडौँलगायत देशका विभिन्न भागमा मार्क्सवाद अध्ययन अध्यापन गर्ने कलेजहरू खोल्नुपर्ने बताए। नेपालका कम्युनिस्टहरूमा प्राज्ञिक क्षमता नभएकैले प्रत्येक विद्रोहहरू सम्झौता टुंगीएर देश र जनताले प्रतिगमनको सिकार बन्नुपरेको उदाहरण दिँदै उनले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले इमानदार र बौद्धिक कम्युनिस्ट निर्माण गर्ने र विश्वलाई एउटा सकारात्मक ऊर्जा प्रदान गर्ने प्रस्ट पारेका छन्।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले देशका कम्युनिस्ट नाउँका शासक नै भ्रष्ट भएकाले सुन्दर प्रस्ताव पनि सफल हुन नसक्ने र मार्क्सवादीविरोधी षड्यन्त्र हाबी हुने खतरातर्फ संकेत गर्दै यो युगकै पहिलो र महत्त्वपूर्ण प्रस्ताव सफल पार्न सबै इमानदार कम्युनिस्टहरू लाग्नुपर्ने बताए।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश वलीले इतिहासमा खासखास समयमा मात्र सुन्दर प्रस्तावनाहरू आउने र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव त्यस्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्व बोकेको प्रस्ताव रहेको बताए। उनले आफ्नो पार्टीले जुनसुकै मूल्यमा यो प्रस्ताव पारित गराउन सहयोग गर्ने उनको भनाइ थियो।

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंहले नेपालमा दर्शन, सिद्धान्त र इमानदारीको अभावमा अवसरवादको सिकार भइरहेका कम्युनिस्ट पार्टी, तिनका नेता र कार्यकर्तालाई पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले एक सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे।

अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्माले पुष्पलालका मात्र नभएर मार्क्सवादकै आदर्शलाई समाजमा स्थापित गर्ने योजनासहित आएको विश्वविद्यालयको प्रस्ताव साकार पार्न सबैले लागिपर्नुपर्ने धारणा राखेका छन्।