२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

अ+ अ-

बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ ।

ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकी पाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकी पाटन पुगेका पर्यटकहरु गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो ।

गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकी पाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । उनीहरूले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन् । भैँसी पालेर घ्यू उत्पादन गरेर बिक्री गर्दै आएका बुकी पाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरीचरनका रूपमा रहेको बुकी पाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए।

“पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले बर्खामा पर्यटक भरिभराउ छन् बुकी पाटनमा पर्यटकहरू आएपछि महीसमेत बिक्री हुन्छ”, उनले भने, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन ल्याउनै पर्ने भएन ।”

बुकी पाटन उक्लनले बीच बाटोको चेप्टेढुंगामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताए बुकी उक्लनेलाई प्रतिगिलास रु. १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाइको भनाइ छ ।

उनको गोठमा एकै दिन १०० गिलाससम्म चिया खपत भएको छ । तीन वटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएको कुमाइको चेप्टेढुंगामा अस्थायी घुम्ती गोठ रहेको छ । पदयात्राको छेउमै गोठ भएकाले दूध र चिया असारयता निकै खपत भएको उनको भनाइ छ ।

“बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घ्यू बनाउन आवश्यक छैन”, कुमाइले भने, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मही समेत अहिले महँगो मूल्यमा बिक्री हुन्छ, घण्टौँ हिँडेका पदयात्रीले मिठो मानेर मोही, दही, चिया खाने गरेका छन् ।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि बुकी पाटन यस पटक गुल्जार बनेको छ ।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी गर्ने, घर बासमा बस्ने र गोठमा बस्ने पर्यटकका कारण आय आर्जनमा सघाएको छ । ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकी पाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।