२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।

आयोगले अनशन स्थल र वीर अस्पताल पुगेर अनुगमन पनि गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनशनरत मेयर डा. भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग उनको स्वास्थ्यबारे जानकारी आयोगले लिएको छ ।

‘अतः निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

अनुगमनका क्रममा प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको, स्थानीय प्रशासनले अनशनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा जान भनिए पनि निज भट्टराईले अस्वीकार गरी माइतीघरमै अनसनमा बसेको, अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको जनाइएको छ ।