काठमाडौँ । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत उजुरी फर्छ्योट गरेको छ ।
उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फर्छ्योट गरेको हो ।
कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फर्छ्योट गरेको थियो ।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फर्छ्योटलाई पहिलो प्राथमिकता दिएको बताए।







