२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार सम्मेलन गरेर बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिने जानकारी दिए ।

१४ साउनमा काँग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मार्गप्रसस्त गर्न लागेका हुन् ।

शनिबार सभापति देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । लामाको राजीनामापछि बानियाँले सोमबार प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको उनी निकट सांसद मिनकृष्ण महर्जनले बताए ।

मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट पराजित भए पनि सरकारको नेतृत्व छाड्नुपर्ने कुनै आधार नरहेको बताउँदै आएका थिए ।

दलको नेतामा चयन भएका बानियाँले काँग्रेस संसदीय दलको विधान अनुसार लामाले राजीनामा दिनुपर्ने बताउँदै विधि र पद्धतिबाटै बिदा गरिने बताएका थिए ।

मुख्यमन्त्री नछाड्ने अडानपछि १६ साउनमा उनलाई सभापति देउवाले काठमाडौं बोलाएका थिए । देउवासँग भेटपछि उनी सरकार छोड्न तयार भएको काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

९ साउनमा आफ्नै बहुमत सांसदले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए ।

१३ साउनमा काँग्रेसका ३७ सांसदमध्ये अविश्वासको प्रस्तावमाथि मत विभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।

१४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँले २२, बहादुरले १४ मत ल्याएका थिए भने १ मत बदर भएको थियो ।