२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान नियमावली जारी

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न नियमावली जारी गरेको हो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ४ (२) बमोजिम, मन्त्रिस्तरीय निर्णयअनुसार १६ साउन २०८२ मा उक्त नियमावली लागु गरिएको हो ।

नियमावलीले स्वदेश तथा विदेशमा रोजगारीका लागि उपयोगी हुने विभिन्न ट्रेडमा निर्धारण गरिएको पाठ्यक्रम अनुसार ६ महिना वा ७३० कार्यघण्टासम्मका आधारभूत तथा क्षमता अभिवृद्धि सम्बन्धी व्यावसायिक तालिम सञ्चालन तथा व्यवस्थापन गर्न समिति गठनको व्यवस्था गरेको छ ।

यस नियमावलीअन्तर्गत दीर्घकालीन तथा अल्पकालीन नीतिगत व्यवस्था गरी आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थासँग समन्वय गरी तालिमको मान्यता दिलाउने व्यवस्था, सिप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्नेछ ।

त्यस्तै श्रमप्रधान तालिम प्रदायक संस्थाका पाठ्यक्रम तथा तालिम अवधि निर्धारण गर्ने अधिकार समिति वा प्रतिष्ठानलाई दिइएको छ ।

श्रम मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सिपयुक्त दक्ष जनशक्ति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मापदण्डमा आधारित सिपमूलक तालिमले देशभित्र पनि स्वरोजगार सिर्जना गर्न सकिने उल्लेख गरे ।

१४ साउनमा प्रकाशित नेपाल राजपत्रमा उल्लेख भएअनुसार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन गरिएको छ ।

संशोधनपश्चात अब वैदेशिक रोजगारीका लागि जान दिइने ६ महिनासम्मको सिपमूलक तालिमको परीक्षण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गर्ने कानुनी व्यवस्था गरिएको हो ।

सरकारको यस कदमले वैदेशिक रोजगारमा जाने तयारी अवस्थाका श्रमिकलाई प्रमाणीकरण सहितको सिप प्रदान गर्ने, रोजगारदातासँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने तथा राष्ट्रिय श्रम बजारको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।