काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छानबिन समितिले बुझाएको प्रतिवेदनमा आफूलाई दोषी किटान नगरेको दाबी गरेका छन्।
संसदीय समितिले प्रतिवेदन सदनमा बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दोषी देखिए आफू कारबाही भोग्न तयार रहेको सुरुदेखि नै भन्दै आएको बताए।
पदबाट राजीनामाबारे उनले भने, ‘मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु। कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा छु। राष्ट्रिय सभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु।’
उनले आफूले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड रहेको जिकिर गरेका छन्। उनले समितिले नाम किटान नगरेको भन्दै राजीनामा नदिने उनको भनाई छ।







