काठमाडौँ । ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौँ जिल्ला प्रहरी परिसरमा आफैँ उपस्थित भएका छन्।
सेयर कारोबारको भुक्तानी दिन बाँकी रहेको ११ करोड रुपैयाँ नदिएको भन्दै उजुरी दर्ता भएपछि श्रीवास्तव आफैँ प्रहरी समक्ष हाजिर भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
सेयर कारोबारी दीपेन्द्र अग्रवालले विभिन्न १५ जनाको नाममा सेयर खरिद–बिक्री गरे पनि रकम फिर्ता नपाएको भन्दै उजुरी दिएका थिए। तीमध्ये मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख रुपैयाँ नपाएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रहरीका अनुसार सो मुद्दा ठगी कसुर अन्तर्गत परेको छ। उजुरी परेपछि श्रीवास्तव आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।







