२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरूले आफूलाई उभ्याउनु पर्छ’ : ‘प्रचण्ड’  

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । 

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको बताए।

उनले शुभकामना सन्देशमा भनेका छन्-‘गरिबी, असमानता, जलवायु परिवर्तन, र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ति तथा  त्यसपछिको अवस्थाका लागि युवा समुदायको  पहलकदमीलाई आत्मसात् गर्दै यस वर्षको नारा समेत तय भएको सन्दर्भमा नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको छु ।’

 उनले भने,- ‘मलाई स्वयं आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अवसर प्राप्त भयो । ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै, हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौँ । हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो।’ 

माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उनले स्मरण गरे ।  उनले भने–युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो।  राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो । युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरियो । नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाइयो, जसले उनीहरूलाई आर्थिक सहायता मात्र होइन, बजारसम्मको पहुँच पनि उपलब्ध गरायो । ‘