२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमालेले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति प्रश्न उठाएका छन् ।

एकातिर प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्ने अर्कोतिर संसदीय समितिको बैठकमा भाग लिने प्रवृत्तिका बीचमा मेल नखाएको बर्तौलाको टिप्पणी छ ।

‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ । तर, यही मूल सदनले दिएको विजनेश सम्पादन गर्ने संसदीय समितिहरू त्यहाँ उहाँहरू काम गरिरहनुभएको छ,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

‘एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ । अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ । यो संसद्मा बहिष्कार गरेको के अर्थ ?,’ उनी प्रश्न गर्छन्, ‘के लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ ?’

यस्तो व्यवहार सुधार्न रास्वपालाई एमाले मुख्य सचेतक बर्तौलाको आग्रह छ ।

एमालेका मुख्य सचेतक बर्तौलाले संसद्को मूल बैठक बहिष्कार गरेर बाहिर निस्केर प्रतिक्रिया दिने गरेको र प्रतिक्रिया दिँदा गलत शब्दहरू प्रयोग गर्ने गरेको भनेर आपत्ति जनाए ।

‘यो संसद् बहिष्कार गर्नुभएको छ । तर, बाहिर गएर सामाजिक सञ्जालमा प्रवेश गरेर छताछुल्ल ढंगबाट, संगठित ढंगबाट प्रधानमन्त्रीका विरुद्धमा, मन्त्रीका विरुद्धमा, आफूलाई मन नपर्ने राजनीतिक दलका नेता र सांसदहरूका विरुद्धमा गालीगलौजका शब्दहरू प्रयोग गर्नुहुन्छ,’ उनले भने ।

ती शब्दहरू अशिष्ट रहेको उनको भनाइ छ । ‘‘अश्लील र अशिष्ट शब्दहरू, असामाजिक शब्दहरू सामाजिक सञ्जालमार्फत् विषवमन गरिरहनुभएको छ,’ बर्तौलाले असन्तुष्टि जनाउँदै भने, ‘अहिले संसद्को लाइभ चलिरहेकै बेलामा सुरु भयो उहाँहरूबाट के के कमेन्ट आए अनुमान लगाउन सकिन्छ । कतिपय कुरा भन्न गाह्रो छ ।’

उनी आरोप लगाउँदा प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँछन् ।

‘हामीलाई हनुमानको आरोप लगाउने, कसैको छोरा वा छोरी भन्ने, दलाल भन्ने । असाध्यै असामाजिक शब्दहरू प्रयोग गरेर कसैको झड्केलो छोरो, कसैको झड्केलो छोरी, कसको के १ यो खालको बा को नाममा, आमाको नाममा, श्रीमतीको नाममा समेत, हजुरबाको नाममा समेत, स्वर्गीय भएका हजुरआमाको नाममा समेत गालीगलौजको शृङ्खला राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूबाट संगठित तरिकाबाट भइरहेको छ,’ बर्तौलाले भने ।

उनले गलत कार्यशैली सुधार्न रास्वपा सांसदहरूलाई उनको आग्रह छ । अन्यथा, भविष्यमा आफैँलाई भारी पर्न सक्ने उनको चेतावनी छ ।