काठमाडौँ। ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका-३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई-५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।
उनीहरूलाई काठमाडौँको कालोपुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । उनीहरूबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको प्रहरीको भनाई छ । उनीहरूबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको छ ।
त्यसैगरी उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएको छ।







