२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

अ+ अ-

काठमाडौँ । ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी)बीच लिखित सम्झौता भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले हस्ताक्षर गरी सम्झौता पत्र आदानप्रदान गरेका छन् ।

सञ्चार सचिव अर्यालले परियोजना सुरु गर्नु मात्रै सार्थक नभएकाले यसलाई तोकिएको समयमै पूरा गर्न निर्देशन दिइन् ।

प्राधिकरणका अध्यक्ष भण्डारीका अनुसार विगतमा आरटिडीएफ कोषबाट दुर्गम क्षेत्रमा नेटवर्क विस्तारका लागि युटिएल र स्मार्ट टेलिकम कम्पनीलाई जिम्मेवारी दिइएकामा दुवै कम्पनीले परियोजना सुरु गर्न सकेनन् । ग्रामीण क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउने उद्देश्यले  २०७३ सालमा सरकारले कोशी, मधेस र बागमती प्रदेशबाट आरटीडिएफ परियोजना सुरु गरेको थियो ।

सो  परियोजनालाई पुनः सञ्चालन गर्ने उद्देश्यका साथ एनटिसीसँग सम्झौता गरिएको भण्डारीले बताए । सम्झौताअनुसार तीन वर्षभित्र एनटिसीले लुम्बिनी र गण्डकी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नुपर्ने छ । परियोजनाका लागि करिब रु. दुई अर्ब एक करोड लाग्ने अनुमान गरिएको छ । 

प्राधिकरणका अध्यक्ष भण्डारीले आरटीडिएफ परियोजना पूर्ण रूपमा लागू गराउने प्रतिबद्धता व्यक्त गरे । सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ उद्देश्य पूरा गर्न उक्त परियोजना महत्त्वपूर्ण आधार हुने उनको धारणा छ । 

त्यसैगरी एनटिसीका निमित्त प्रबन्ध निर्देशक प्रधानले ब्रोडबैंक अप्टिकल फाइबर नौ वर्षदेखि निरन्तर विस्तार हुँदै आएको बताइन् । लुम्बिनी र गण्डकी प्रदेशका २३  जिल्लामा फाइबर विस्तार हुने उनले जानकारी दिइन् । कुल एक सय ९४ स्थानीय तहका केन्द्रहरूमा करिब एक हजार ९०० किलोमिटर अप्टिकल फाइबर पुर्‍याउने परियोजनाको उद्देश्य रहेको प्रधानले जानकारी दिइन्।