२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली राष्ट्रपतिलाई भेटेर विपिनकी आमा र बहिनीले गरे शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह

अ+ अ-

काठमाडौँ । हमासद्वारा बेपत्ता बनाइएका विपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। विपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। 

भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन्। 

त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरिन्। राजदूत पण्डितले पनि राष्ट्रपति समक्ष विपिनको अवस्थाबारे निरन्तर पहल गर्न विशेष अनुरोध गरे।

जवाफमा राष्ट्रपति हर्जोगले गत ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको स्मरण गर्दै विपिनलाई इजरायलले आफ्नै नागरिकझैँ अनुभव गरिरहेको बताए। उनले बिपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताए। यस विषयमा नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग पुनः संवादमा सक्रिय हुन सके थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै उनीहरूले इजरायली संसद्का अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका थिए। नेपाल-इजरायलबीचको न्यानो मित्रवत् सम्बन्धलाई स्मरण गर्दै विपिनप्रति गहिरो चासो रहेको उनले बताएका थिए। 

उनले इजरायल सरकार बिपिनसहित सबै बन्धकहरूको मुक्तिका लागि भरमग्दुर प्रयासरत रहेको र हालै नेपालका समकक्षीसँग जेनेभामा भएको छलफलमा पनि विपिनको प्रसंग उठाइएको बताएका छन्।