२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली च्याउ खाएका वृद्ध दम्पतीको मृत्यु

अ+ अ-

काठमाडौँ । जंगली च्याउ खाएका वृद्ध दम्पतीको मृत्यु भएको छ । 

बुवाआमालाई उपचारका लागि दाङको अस्पताल ल्याएका रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीका मनबहादुर वलीले दुवैलाई बचाउन सकेनन् ।

आफैँ गाडीमा राखेर ल्याएका उनले एक दिनको अन्तरमा आमा र बुवा दुवैलाई गुमाएपछि ठुलो विपत्ति आइलागेको छ ।

घर नजिकैको जंगली च्याउ खाएर गम्भीर बिरामी परेका ती दम्पतीले एक दिनको अन्तरमा ज्यान गुमाएपछि मनबहादुरलाई एकै पटक विपत्ति आइलागेको हो ।

साउन २७ गते परिवर्तन गाउँपालिका वडा नं २ राङसी गाउँका ती वृद्ध दम्पतीले जंगलबाट ल्याएको च्याउ पकाएर खाएको दिन बिरामी परेका थिए । उनीहरूको उपचारमा क्रममा मृत्यु भएको हो ।

गाउँबाट गम्भीर अवस्थामा दाङ ल्याएर उपचार गराइरहेका उनीहरूको एक दिनको फरकमा मृत्यु भएको र सँगै पोस्टमार्टम तथा अन्त्येष्टि पनि दाङमै गरिएको परिवर्तन गाउँपालिका २ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार र आइतबार मृत्यु भएको हो ।

घटना विवरणअनुसार ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले साउन २७ मा च्याउ खाएका थिए ।

जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएपछि नजिकै प्राथमिक उपचार गरिए पनि ठिक नभएपछि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । शनिबार राति प्रतिष्ठानमा ल्याइएका उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो ।

साउन ३१ मा नर्मला को र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।