२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियाबाट पक्राउ परेका भण्डारीसहित २ जना कारागार चलान

अ+ अ-

काठमाडौँ । मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको सोमबारको इजलासले ज्योतिबहादुर भण्डारी र उनका सहयोगी भनिएका सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अर्का प्रतिवादी सुरेश अधिकारी भने सात लाख धरौटीमा रिहा भएका छन् । उनीहरूलाई कम्बोडियाबाट पक्राउ गरेर ल्याइएको थियो ।

सहकारीकी तत्कालीन महाप्रबन्धक तथा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ, सहकारीका अध्यक्ष ८१ वर्षीय कुम्भराज राई, खोटाङका विजयकुमार राई, बागलुङका प्रतिम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अरामलाई पनि प्रतिवादी बनाइए पनि उनीहरू फरार छन् ।

उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, अभौतिक मुद्राको कसुर, राष्ट्र बैंक अन्तर्गतको कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

यो समूहले सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । त्यसैगरी सहकारीको रकम तिर्ने भन्दै उल्टै रकम हाल्न लगाएर ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेकाले उक्त रकम बराबरको बिगो पनि माग दाबी गरिएको थियो ।

६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ९ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको भन्दै राष्ट्र बैंक अन्तर्गतको कसुरमा पनि मुद्दा चलाइएको थियो ।