२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा पिकअप भ्यान र मारुती ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

अ+ अ-

काठमाडौँ । झापाको कन्काई नगरपालिका-८, बिरिङ पुलमा पिकअप भ्यान र मारुती भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार राति ८:४० बजे पूर्वपश्चिम राजमार्गमा मंगलवार दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट गइरहेको मे १ च ३४४० नम्बरको मारुती भ्यान ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मारुती भ्यानका चालक शिवसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटालाई तत्काल उद्धार गरी बीएन्डसी अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

सोही भ्यानमा सवार पुनमदेवी साह, प्रसन्न साह, छोरी प्रन्सा साह र सोही ठाउँका पृथ्वीनाथ साह घाइते भएका छन् । घाइते चारैजनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि पिकअप चालक सुमन पौडेल र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।