काठमाडौँ । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले पदबहाली गरेका छन्। गृह मन्त्री रमेश लेखकका निजी सचिवका रूपमा कार्यरत रहेका तिवारी हालैको प्रजिअ सरुवाका क्रममा म्याग्दी पठाइएका थिए ।
पदबहालीपछि बसेको सुरक्षा बैठक र कार्यालयका कर्मचारीहरूसँगको छलफलमा प्रजिअ तिवारीले कानुन विपरीत कुनै कार्य नगर्ने, जिल्लाभित्र शान्ति–सुरक्षा कायम गर्ने, विकास–निर्माणमा सहजीकरण गर्ने, भ्रष्टाचार न्यूनिकरणतर्फ ध्यान दिने र सेवा प्रवाहलाई सरल र सहज बनाउन इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







