२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले भन्यो-‘अनलाइन बेटिङमाथि किन रोक नलगाइएको हो ? कारण पेश गर्नू’

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले अनलाइनबाट हुने जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

कानुनका विद्यार्थीहरू सुवास प्रसाद साह, निशा यादव र आरती कुमारी यादवले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले निर्बाध रूपमा अनलाइन बेटिङ सञ्चालन हुनुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको हो ।

मुलुकी अपराध संहिताको दफा १२५ ले जुवा वा सट्टेबाजीलाई अपराध मानेपछि अनलाइनको माध्यमबाट निर्बाध रूपमा जुवा खेलाउने काम भइरहेको भन्दै उनीहरूले त्यसलाई रोक्न आवश्यक आदेश जारी गर्नुपर्ने माग गरेका थिए ।

विज्ञापनको नियमन गर्ने विज्ञापन बोर्ड, इन्टरनेटको नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, विद्युतीय अपराधमा अनुसन्धान गर्ने र मुद्दा चलाउने साइबर ब्युरो लगायतका निकायले अनलाइन सट्टेबाजी नियन्त्रणमा कुनै पहल नगरेको भन्दै उनीहरूले सर्वोच्च अदालतमा त्यसको रोकथामका लागि उचित आदेशको माग गरेका थिए ।

तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्च अदालतले अनलाइन जुवा रोक्न नसक्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । साथै सर्वोच्चले मुद्दालाई प्राथमिकता (अग्राधिकार)मा राख्न पनि आदेश दिएको छ ।

अचेल फेसबुकको रिल्स, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरूले प्रयोगकर्तालाई भ्रममा पारी आपराधिक क्रियाकलाप गरिरहेको र त्यसलाई रोक्न राज्य संयन्त्र असफल भएको उनीहरूको जिकिर छ ।

अनलाइन बेटिङ, सट्टेबाजी लगायतका क्रियाकलापले आम सर्वसाधारणलाई आपराधिक क्रियाकलाप गर्न प्रोत्साहित गरेको भन्दै उनीहरूले सरोकारवाला निकायहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।