२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा फर्कन नमिल्ने व्यवस्था संविधानमै हुनुपर्ने सुझाव

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी नेपालले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन नमिल्ने व्यवस्था संविधानबाटै किटान गर्नुपर्ने सुझाव पार्टीलाई पेश गरेको छ ।

बिहीबार चौतारीका अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारीहरूले महासचिव शंकर पोखरेललाई भेटेर सुझाव बुझाएका हुन् ।

पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा, दुई कार्यकाल र ७० वर्षे उमेरहद, केन्द्रीय कमिटी, पार्टी सदस्यता, सम्पर्क समन्वय कमिटी लगायतका विषयमा सुझावहरू महासचिव पोखरेलमार्फत पार्टीलाई बुझाइएको हो ।

‘देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तित्वहरू सक्रिय राजनीतिमा फर्कने विषय यी पदहरूको गरिमा र नैतिक मूल्यमान्यताका हिसाबले पनि उपयुक्त मानिँदैनन्,’ चौतारीले बुझाएको सुझावमा भनिएको छ, ‘त्यसैले त्यस्ता पदमा पुगेका व्यक्तिहरूलाई ससम्मान सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधान र पार्टीको विधानमा किटान गर्नुपर्दछ ।’

यसका अलावा विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि सक्रिय राजनीतिमा आउने कुरालाई रोक्नु उपयुक्त हुने सुझाव चौतारीले दिएको छ ।