२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त

अ+ अ-

काठमाडौँ । चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक खापुङलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ।

हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो। भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्।

हालका आईजीपी थापासँगै फारम भरेर प्रहरी सेवामा प्रवेश गरेका खापुङ आफ्नो ब्याचका अन्तिम प्रतिस्पर्धी बनेका छन्। तीन चरणमा नियुक्ति दिइएको सोही ब्याचका धेरै सहकर्मीहरू पहिले नै अवकाश भइसकेका छन्।

पहिलो लटमा नियुक्त बसन्तबहादुर कुँवर आईजी बनेर ३० वर्षे सेवा अवधिपछि अवकाश गइसके। दोस्रो लटका सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने, तर उनी पनि यही भदौ १८ मा अवकाशमा जाँदैछन्।

तेस्रो लटका लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेर हदकै कारण क्रमशः जेठ र भदौ महिनामा अनिवार्य अवकाशमा पुगेका छन्। यसरी प्रशासन विभाग प्रमुखसमेत रहेका पोखरेलको अवकाशपछि खापुङ एकल उम्मेदवार बनेका हुन्।

यदि नयाँ प्रहरी ऐन लागू भए उनको सेवाअवधि ६ महिना बढ्नेछ, अन्यथा ३० वर्षे सेवा पूरा गरी खापुङ २६ कात्तिकदेखि अनिवार्य अवकाशमा जानेछन्।