काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
शुक्रबार आयोगले धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
चौधरीसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारी जानकारी दिए ।








