काठमाडौँ । भूमिसम्बन्धी विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले मिर्चैयामा प्रदर्शन गरेको छ ।
शनिवार जिल्लाका विभिन्न स्थानबाट भेला भएका नेता, कार्यकर्ताले मिर्चैयास्थित राजमार्ग हुँदै विभिन्न भागमा भूमि विधेयक अविलम्ब फिर्ता लिनुपर्ने माग गर्दै र्याली प्रदर्शन गरेको हो ।
भूमि विधेयकले भूमिहीन, सुकुम्वासी र किसानको हितमा नभई दलाल तथा भू-माफियाहरूलाई फाइदा पुग्ने गरी ल्याइएको आरोप उनीहरूको छ । जसपा नेपालका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले विधेयक खारेज नभए मधेशले कडा प्रतिवाद गर्ने चेतावनी दिए ।







