२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविलाई भेट्न नख्खु पुगे रास्वपाका रुपन्देही-३ उपनिर्वाचनका आकांक्षी

अ+ अ-

काठमाडौँ । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ । सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ । उम्मेदवार घोषणा हुनु पहिले नै उनीहरूले सभापतिलाई भेटेका हुन् ।

रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवेदन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।

रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।