काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले खरिदार पौडेललाई भ्रष्टाचार सम्बन्धी मुद्दामा सफाई दिएको थियो। तर, उक्त फैसला असंगत रहेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिएका छन्। उनका अनुसार, अख्तियारले प्रस्तुत गरेको प्रमाण, तथ्य र कानुनी आधारलाई विशेष अदालतले बेवास्ता गरेको ठहर गर्दै अब सर्वोच्च अदालतले अन्तिम न्याय दिलाउने विश्वास लिएको छ।
अख्तियारको दाबीमा रहेको प्रमाण र तर्कलाई पर्याप्त तवरले विश्लेषण नगरी फैसला भएको भन्दै अख्तियार सर्वोच्च अदालतमा पुगेको हो।







