२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । 

चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालयमा सुरक्षा सम्मेलन गरिएको सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीर जंग थापाले जानकारी दिए । 

सम्मेलनमा कोसी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, सम्भावित चुनौती र समाधानका रणनीति विषयमा छलफल गर्दै, सीमावर्ती गतिविधि, आपराधिक क्रियाकलाप, बढ्दो सवारी दुर्घटना र चाडपर्वका सन्दर्भमा देखिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वयात्मक सुरक्षा रणनीति निर्माण गरिएको प्रवक्ता थापाले बताए । 

आज यहाँ आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका बाहिनी पति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशासनिक तथा अपरेशनल कार्यक्षमताको सुदृढीकरण, सीमा सुरक्षामा उच्च सतर्कता, युनिट व्यवस्थापनमा पारदर्शिता र चाडपर्वलाई लक्षित गरी त्रुटिरहित सुरक्षा रणनीति अपनाउन मातहत इकाईहरूलाई निर्देशन दिए ।

उनले चाडपर्व नजिकिँदै गर्दा भिडभाड, चोरी-डकैती, सवारी दुर्घटना न्यूनीकरण, तालिम व्यवस्थापन तथा कल्याणकारी सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । सम्मेलनमा कोसी प्रदेशभरका १४ वटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका सात गण, सात गुल्म, दुई आश्रित गुल्म, एक मुद्दती तथा सेवा गुल्म तथा १० प्रस्तावित सीमासुरक्षा गुल्मका प्रमुखको सहभागिता थियो ।