२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव बिसी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित

अ+ अ-

ललितपुर । नेपाल सरकारका उपसचिव शेरबहादुर बि.सी. एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित भएका छन्। ललितपुरको पुलचोकस्थित द प्लाजामा सोमबार आयोजित समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बि.सी.लाई उक्त अवार्ड प्रदान गरेका हुन्।

सिजन मिडिया प्रा.ली.को आयोजना रहेको सो कार्यक्रम एशियाभर समाजमा असाधारण योगदान पुर्‍याउँदै प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मानित गर्ने उद्देश्यले आयोजना गरिएको हो। नेपाल, भारतसहित विभिन्न मुलुकका प्रतिष्ठित पाहुनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिसीसहित थुप्रै व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो।

बि.सी.ले सरकारी सेवामा उल्लेखनीय योगदान गर्दै आएका छन्। विशेष गरी टोखा नगरपालिकामा २९ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दा उनले १४ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण, आन्तरिक स्रोत वृद्धि, सूचना–प्रविधिमैत्री सेवा प्रवाह, विष्णुमती नदी सरसफाइ अभियानलगायत महत्त्वपूर्ण उपलब्धि हासिल गरेका थिए। यिनै योगदानका कारण उनलाई यस वर्षको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको जनाइएको छ । 

सम्मानित उपसचिव बि.सी.ले यो अवार्डलाई व्यक्तिगत भन्दा बढी सम्पूर्ण सरकारी सेवाप्रति जनताको विश्वासको कदरका रूपमा लिएको बताए। “यो अवार्ड सरकारी सेवामा समर्पित सबै इमानदार कर्मचारीहरूको प्रतिबद्धताको मान्यता हो। यसले मलाई अझ जिम्मेवार भएर समाज सेवामा समर्पित हुन प्रेरित गरेको छ।” बिसीले भने । 

सिजन मिडिया प्रा.ली. का अध्यक्ष प्रदीप राज वन्तले एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड एशियाका उत्कृष्ट प्रतिभा र नेतृत्वलाई उजागर गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म भएको उल्लेख गरे। उनले अवार्डलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन नयाँ योजनाहरू अघि सारिएको जानकारी पनि दिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री दाहालले समाजमा असाधारण उपलब्धि हासिल गर्ने व्यक्तित्वहरू राष्ट्र र पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताउँदै इमानदार र सकारात्मक भूमिकामा निरन्तर सक्रिय रहन आग्रह गरे।

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित भएको आयोजकले जनाएको छ । कार्यक्रममा हामा आइरन एन्ड स्टिल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रभु ईन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ न्युरो सर्जन डा। वसन्त पन्त, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नविल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भएका छन् । 

यसैगरी जलविद्युत प्रवर्द्धक एवं मादमे खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष सुसन कर्माचार्य, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ, मोरङ अटो वक्र्सका कार्यकारी निर्देशक मिलनबहादुर मल्ल पनि सम्मानित भएका छन् । 

न्यूजपोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक एवं प्रस्तोता शिवानी थापा बस्न्यात, ह्वाइट कोरल स्पा एकेडेमीका प्रबन्ध निर्देशक कमला गिरी, व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवं प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पङ्गेनी, गायक तथा सङ्गीतकार शिव परियार पनि सम्मानित भएका छन् । 

यसैगरी आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, लक्ष्मी हेयर एण्ड ब्युटी एकेडेमीका अध्यक्ष लक्ष्मी ठाकुर, नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक एवं अध्यक्ष सुकदेव कार्की, नेपाल उद्योग वाणिज्य महासङ्घ ‘लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरम’का सभापति मनोज पौडेल, हिमालय एयरलाइन्सका प्रशासन व्यवस्थापक एवं क्याबिन क्रूय सीमान्त श्रेष्ठ, ओमवे टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सुरेश रिजाल सम्मानित भएको आयोजकले जनाएको छ । 

यसैगरी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सात विदेश नागरिक सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा  चेन हुआन, अध्यक्ष, गाओकिङ  काउन्टी फोटोग्राफर्स एसोसिएसन, सान्दोङ, चीन , लिङ बोफा (पाध्या), अध्यक्ष, जुबा सप्लाई एन्ड मेन्टिनेन्स कम्पनी, लि।,कम्बोडिया , मासिउर रहमान सुमोन, म्यानेजिङ डाइरेक्टर, होटेल इम्पेरियल इन्टरनेसनल, बङ्गलादेश , मोइनुफ्रिन अहमद, प्रमुख फोटो पत्रकार, दी न्यू नेसन दैनिक, बङ्गलादेश , मनिमरन एएल सुपिया, संस्थापक, प्रोनेस (प्रमोसनल एसोसिएसन अफ ग्लोबल नेटवर्किङ), मलेसिया, फुन्चो डेन्डुप, प्राविधिक सल्लाहकार, श्रम विभाग, भुटान उद्योग, वाणिज्य तथा रोजगार मन्त्रालय र खुसी कार्की, मेरो डान्स विजेता, थाइल्यान्ड (सिजन १) सम्मानित भएको आयोजकले जनाएको छ । 

कार्यक्रममा उच्च सरकारी अधिकारी, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।