२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘किसान पीडित भए, नेपालमै अर्ग्यानिक मल उत्पादन गरौँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकोले पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए ।

‘भारतले त विदेशबाट मगाउँछ मल हाम्रो देशमा कहाँबाट हुने ? भारतबाट मल किन्नुपर्छ हामीले । हामीसँग मल छैन । यो धेरै महँगो पनि हुन्छ समयमा पाउँदैन पनि,’ उनले भने, ‘सारा किसान दाजुभाइहरू मल नपाएर दुखित छन् ।’

उनले थपे, ‘त्यसकारण हामीले मलको पनि व्यवस्था गर्न सकेका छैनौँ । यसको समाधानका लागि नेपालमै अर्ग्यानिक मल उत्पादन गर्नुपर्ने आवश्यकता छ । कृषि उत्पादन पनि अर्ग्यानिक गर्न सक्यौँ भने हामी सबैको फाइदा हुन्छ र हामी आत्मनिर्भर हुन सक्छौँ ।’

सभापति देउवाले कृषि उपजमा आत्मनिर्भर हुने गरी अर्ग्यानिक खेतीतर्फ लाग्न समेत सबैलाई आग्रह गरे ।

उनले जे कुरामा पनि विदेशकै भर पर्दा भविष्यमा समस्या आउन सक्ने उल्लेख गर्दै कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरको बाटोतर्फ अघि बढ्न जरुरी रहेको बताए ।