२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले घरेलु मैदानमा २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ। नेपाली टिम घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न निकै उत्साहित छ। महिला टोली र क्लब स्तरको खेल भए पनि नेपाली राष्ट्रिय पुरुष टिमले भने २ वर्षपछि घरेलु मैदानमा उत्रिन लागेको हो।

शुक्रबार आयोजित प्री-म्याच प्रेस कन्फ्रेन्समा नेपालका प्रशिक्षक म्याट रोसले नेपाली टिम जितको लागि मैदानमा उत्रने बताए। ‘हामी जित्न तयार छौँ। जसका लागि खेलाडीहरू शतप्रतिशत तयार छन्। हामी घरेलु मैदानमा जित निकाल्न चाहन्छौँ,’ उनले भने। बंगलादेशको टिम बलियो भएकाले प्रतिस्पर्धात्मक खेल हुने प्रशिक्षक रोसको भनाइ छ। 

नेपाली टिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै त्यही मोमेन्टम लिएर एएफसी एसिया कप छनोट खेल्न चाहेको प्रशिक्षक रोसले बताए। ‘हामी जित्न चाहन्छौँ र सोही मोमेन्टम ३ महिनासम्म कायम राख्दै एसियन कप छनोट खेल्नेछौँ।’

नेपालले २०२३ को नोभेम्बरयता घरेलु दर्शकको साथमा खेल खेल्न पाएको थिएन। घरेलु दर्शकको साथमा मैदानमा उत्रन आफूहरू निकै उत्साहित रहेको कप्तान किरण कुमार चेम्जोङले बताए। ‘वर्षपछि हामी हाम्रो मैदानमा खेल्दै छौँ। आशा छ, धेरैभन्दा धेरै समर्थकहरू आएर हामीलाई समर्थन गर्नुहुन्छ,’ उनले भने। यसो भन्दै गर्दा उनलाई नेपाली दर्शकका अगाडि खेल्न निकै मन पर्ने उनले बताए।

नेपालको टिममा डिफेन्डर सनिश श्रेष्ठलगायत यु-२३ टिममा रहेका आयुष घलान, कृतिश रत्न छुन्जु, सुमित श्रेष्ठ छैनन्। तर, नेपाली टिममा युवा खेलाडीहरू बढिरहेका छन्। यु-२० टिमका कप्तानको रूपमा उमेर समूहको खेल खेलेका कुशल देउवा, सुवास बमजस्ता खेलाडी रहेका छन्। यस विषयमा प्रशिक्षक म्याट रोस भन्छन्, ‘युवा खेलाडीहरू पनि उत्तिकै तयार र बलियो मानसिकता भएका छन्।’