२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ’-नेता खनाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताएका छन् ।

पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा गरिबी, पछौटेपन, विभेद्को अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गरे। उनले समाजवादबाट मात्रै औद्योगिक क्रान्ति सफल हुने धारणा राखे ।

अहिले कम्युनिष्ट पार्टी नीति तथा सिद्धान्त विहीन भएकाले नेताको आदर्श र जीवनशैलीमा विचलन देखा परेको बताउँदै नेता खनालले राजनीतिमा विकृति र विसंगति देखिएकाले त्यसलाई सुधार्न विभिन्न वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।

लिपुलेकका विषयमा सरकारले भारतसँग कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय छलफल गर्नुपर्ने बताउँदै उनले राष्ट्रियताको सवालमा सबै दलको साझा सहमति हुन जरुरी रहेकामा जोड दिए।

मानसरोवर जोड्ने भूमि लिपुलेक नेपालको भएको ऐतिहासिक तथ्य र आधारहरू रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा उक्त विषयमा प्रष्ट धारणा राख्ने नेता खनालले विश्वास व्यक्त गरे । उनले राष्ट्र र राष्ट्रियताका विषयमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।