काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११.५२ अंक घटेको छ ।
योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो । आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ ।
कारोबारका क्रममा १ : ०५ बजे नेप्से २७२७ अंकमा पुगेको थियो, जुन विन्दु आजको अधिकतम रह्यो । कारोबारको मध्य समयपछि बजार बन्द हुँदासम्म नै ओरालो लागेको छ ।







