२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ जना उत्कृष्ट कर्मचारी घोषित

अ+ अ-

काठमाडौँ। निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रदेशबाट उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार, प्रदेश निजामती सेवा पुरस्कार र कार्यसम्पादनमा उत्कृष्ट ९ जनालाई सम्मान गर्ने गरी नामावली सार्वजनिक गरिएको छ । 

प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले आइतबार नामावली सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिनेछ ।

त्यसैगरी, उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईँ, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोजकुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।

यस्तै, मन्त्रालयबाट सिफारिस भई कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो । संविधान दिवसको दिन उक्त सम्मान प्रदान गरिने जनाएको छ ।

मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो भने कर्मचारीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ। भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो ।