काठमाडौँ। २०३७ सालमा सिन्धुपाल्चोकमा भएको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी करिब ४५ वर्षपछि पक्राउ परेका छन् ।
सिन्धुपाल्चोको साविक माङ्खा गाविस वडा नं ७ मा २०३७ मङ्सिर ७ गते जितबहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्की कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका बलेफी गाउँपालिका-६ का ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौं महानगरपालिका-१३, ताहाचलबाट आइतबार पक्राउ गरेको हो ।
उक्त घटनामा सर्वोच्च अदालतले तिमिल्सिनालाई २० वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।







