२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेंगी संक्रमण 

अ+ अ-

नवलपरासी । जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए ।  

उनका अनुसार विगत डेढमहिनाका अवधिमा उनीहरूको मृत्यु भएको हो । संक्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानीज इन्सेफ्लाइटिस्बाट मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेंगीरोग संक्रमण पुष्टि भइसकेको छ । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

जापानीज इन्सेफ्लाइटिस् र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गीको रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ ।

जापानीज इन्सेफलाइटिस् तथा डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता सङ्क्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ । एडिस एजिप्टी प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सङ्क्रमण फैलिन्छ निमित्त प्रमुख शर्माले भने। 

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि सङ्क्रमितको मृत्यु हुनसक्छ ।

जापानीज सङ्क्रमण इन्सेफलाइटिस् व्यक्तिको मस्तिष्कमा हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने बेहोस हुने, मृत्युसमेत हुनसक्छ डाक्टर होदाले भने ।