२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यधिक बल प्रयोग नगर्न सुरक्षा निकायलाई मानव अधिकार आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेन जेड नामक समूहको आह्वानमा आइतबार देशभर विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा १४ जना भन्दा बढी र सैयौँ घाइते भएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनको क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरमा प्रदर्शन भएका जनाएको हो।

काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै बानेश्वरसम्म पुगेपछि प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गरेको आयोगले जनाएको छ । यस क्रममा आयोगकै अनुगमन टोली र सवारी साधनमाथि समेत आक्रमण भएको आयोगले जनाएको छ ।

आयोगले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको नि:शुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार नागरिकलाई शान्तिपूर्ण ढंगले विमति प्रकट गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

आयोगले प्रदर्शनलाई तोडफोड र आगजनीमा नपुर्‍याउन प्रदर्शनकारीलाई आह्वान गरेको छ भने सुरक्षाकर्मीलाई अत्यधिक बल प्रयोग नगर्न अनुरोध गरेको छ । साथै मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा आयोगले जनाएको हो ।