काठमाडौँ । बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामा दिएका छन् ।
नगरबासीलाई सम्बोधन गर्दै उनले एमाले र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् ।
उनले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल सुचारु गर्ने मागसहित सुरु भएको जनसरोकारका मागलाई सम्बोधन नगरी विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको बताएका छन् ।
यस्तै एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले विज्ञप्ति जारी गर्दै श्रीमान् श्रीमती नै एमाले पार्टीमा नरहेको घोषणा गरेका हुन् । उनी मोरङ इन्चार्ज समेत हुन् । यस्तै घिमिरेकी श्रीमती विमला दाहाल घिमिरे प्रदेश सदस्य थिइन् ।







