२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटेल संघको आह्वान

अ+ अ-

काठमाडौँ । होटेल संघ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण सृजना गर्न माग गरेको हो ।

“विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल हुन होटेल संघ नेपालले आह्वान गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरण गर्न होटेल संघ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको संघले उल्लेख गरेको छ । अलपत्र परेका पर्यटकलाई होटेल आवास आवश्यकता भए होटेल संघ नेपालको हटलाइन सम्पर्क नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

संघले आसन्न चाडपर्व र पर्यटकीय यामको प्रारम्भ हुने समयमा सिर्जित नयाँ परिवर्तन र सङ्क्रमणकालमा नेपालमा रहेका तथा आउने पर्यटकको उचित व्यवस्थापनमा होटेललगायत आतिथ्य क्षेत्र सदाझैँ क्रियाशील रहेको जनाएको छ । यस कार्यमा सम्बद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भएको खण्डमा नेपाल आउने पर्यटकबाट हुन थालेको अत्यधिक एवं अप्रत्याशित ‘क्यान्सिलेसन’ केही हदसम्म रोक्न मद्दत पुग्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

होटेललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएका आगजनी देशकै सम्पत्तिको विनास हो र भोलि पनि आवश्यक पर्ने यस्ता महत्त्वपूर्ण संरचना निर्माणमा देशकै सीमित साधन तथा स्रोत खर्चिनुपर्ने हुँदा थप विनास हुन नदिन सबैमा होटेल सङ्घले अपिल गरेको छ ।

संघले परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान् युवाको आत्माको चीर शान्तिको प्रार्थना गर्दै घाइतेको स्तरीय स्वास्थ्योपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।