काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड पुस्ताको प्रदर्शन र त्यसपछिको अवस्थाबारे अनुगमनलाई निरन्तरता दिएको दाबी गरेको छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा देशका विभिन्न शहरहरूमा दुई दिनसम्म चलेका प्रदर्शनपछि जारी निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको अवस्था, मृतकका परिवार र घाइतेहरूको स्थिति बुझ्ने कार्य निरन्तर भइरहेको जनाएको छ।
त्यससँगै आयोगले कसैले पनि हिंसात्मक गतिविधि नगर्न र नगराउन सबैमा आह्वान गरेको छ।
हेर्नुहोस् आयोगले जारी गरेको विज्ञप्ति :








