काठमाडौँ । जेन जेड प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।
मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागले जनाएको छ ।
आगजानी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको विभागको भनाई छ ।
आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।
विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसले गर्दा श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको बताइएको छ ।







