२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषध कारोबारको अभियोगमा एक जना पक्राउ

अ+ अ-

झापा । लागू औषध कारोबारको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका-५मा बस्ने भानुभक्त खरेललाई नयाँ बसपार्क क्षेत्रबाट स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका खरेल गत साउन १ गते बिर्तामोड-५ मंगलदीप टोलस्थित गोदाममा छापामारेपछि पुनः फरार बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए। सो क्रममा प्रहरीले निजद्वारा सञ्चालित गोदामबाट अवैध रूपमा लुकाएर राखिएको ट्याब्लेट  एम्पुलसहित ठूलो परिमाणमा लागू औषध बरामद गरेको थियो ।

प्रहरीले यसअघि खरेलका सहयोगी दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । बिर्तामोड-५ कञ्चन टोलबाट खरेलका साझेदार भनिएका ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकिएका प्रहरी उपरीक्षक लिम्बूले बताए। निजको घरमा जाने सिँढीमुनी राखिएको कागजको कार्टुनमा लुकाइएका २० हजार क्याप्सुल ट्राम डोल प्रहरीले बरामद गरेको हो ।

खरेलका कर्मचारी अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ पनि गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबैलाई लागू औषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको हो ।