२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय हित र एकता प्रवर्द्धन गर्न सहयोगी भूमिकामा रहनेछौँ’-रास्वपा 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय हित, एकता र सौहार्द्रता प्रवर्द्धनमा सहयोगी भूमिकामा रहने जनाएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गरी अन्तरिम सरकारसँगको अपेक्षा स्मरण गराउँदै घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्युत भए प्रतिरोध हुने स्पष्ट रहेको बताएको छ । “घोषित लक्ष्यहरूबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहाद्र्रताको प्रवर्द्धनमा आफूहरू सहयोगी भूमिकामा रहनेछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

जेन जेड आन्दोलनबाट मुलुकले प्रथम महिला प्रधानमन्त्री प्राप्त गरेकामा पार्टीको समर्थन रहे पनि संविधान पालनाको कोणबाट प्रश्न उठेको रास्वपाले उल्लेख गरेको छ । यस्तै, अन्तरिम सरकारबाट आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ । 

शान्तिपूर्ण सत्ता–हस्तान्तरणका साथै लोकतान्त्रिक हक अधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहिनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं द्रूत गतिमा विकासको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ ।