२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा सोमबारदेखि सुपथ मूल्यका पसल सञ्चालन हुने

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ भने साल्ट ट्रेडिङले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाका २८ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुने जानकारी दिए । 

“हामीले सुपथ मूल्य पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउने छौँ” उनले भने, “सेवाग्राहीले नजिकको सुपथ मूल्य पसलबाट सेवा लिन सक्नेछन् ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका कैलालीको धनगढी, डडेलधुराको खलंगा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलंगा बजार र मौवा नगर खरिद–बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । 

त्यसै गरी, बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुला चौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र हुनेछन् । बैतडीको गोठाला पानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद–बिक्री केन्द्रबाट सञ्चालन हुनेछ । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । अछामको शाखा कार्यालय मंगलसेन, सैन बजार, साफेबगर र कमल बजार खरिद–बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सुदूरपश्चिम कार्यालय प्रमुख तेजबहादुर कुँवरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने जानकारी दिए । उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो रु. दुई, चिनीमा प्रतिकिलो पाँच, तेल चिउरा, पीठो मैदा र दालमा प्रतिकिलो रु. सात छुट दिने बताए। डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङले जनाएको छ ।